शुक्रबार, श्रावण ८,२०८३ 01:57:57
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 01:57:57
Bizshala
Global IME Bank Limited

पार्टी एकताको दबाब दिन कांग्रेसका जनप्रतिनिधिले साउन १६ मा राष्ट्रिय भेला गर्ने

पार्टी एकताको दबाब दिन कांग्रेसका जनप्रतिनिधिले साउन १६ मा राष्ट्रिय भेला गर्ने
New Office

 

काठडमाण्डौ ।  नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले साउन १६ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएका छन्।

पार्टीभित्र बढ्दो मतभेद अन्त्य गरी एकताको वातावरण बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो। भेलामा कांग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरू सहभागी हुनेछन्।

बिहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बसेको नगर प्रमुखहरूको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

अभियानको संयोजकमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र सहसंयोजकमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएका छन्।

संयोजक ढुंगानाका अनुसार भेलामा पार्टी एकता तथा नजिकिँदै गरेका स्थानीय र प्रदेश तहका निर्वाचनबारे छलफल हुनेछ। भेलाअघि पार्टी सभापति गगन थापासहित पदाधिकारी र असन्तुष्ट नेताहरूसँग भेटेर एकताका लागि दबाब दिइने उनले बताए।

उनले यो अभियान कुनै गुट वा समूहको नभई कांग्रेसलाई एकताबद्ध बनाउने उद्देश्यले अघि बढाइएको दाबी गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.