शुक्रबार, श्रावण ८,२०८३ 03:39:42
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 03:39:42
Bizshala
Global IME Bank Limited

६ लाख ६५ हजारसहित विराटनगर विमानस्थलबाट पक्राउ परे उपसचिव तामाङ

६ लाख ६५ हजारसहित विराटनगर विमानस्थलबाट पक्राउ परे उपसचिव तामाङ
New Office

काठमाण्डौ । नेपाल सरकारका उपसचिव तथा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ ६ लाख ६५ हजार रुपैयाँ नगदसहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। बरामद भएको रकमको स्रोत तत्काल पुष्टि गर्न नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ स्थायी घर भएका तामाङ ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाण्डौ जाने तयारीमा थिए। विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा उनको झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा तामाङले तत्काल विश्वसनीय विवरण प्रस्तुत गर्न नसकेपछि उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो। त्यसपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.