शुक्रबार, श्रावण ८,२०८३ 05:20:53
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 05:20:53
Bizshala
Global IME Bank Limited

आइतबारको बिदा तत्काल नहट्ने, दीर्घकालसम्म कायम रहने सरकारको भनाइ

आइतबारको बिदा तत्काल नहट्ने, दीर्घकालसम्म कायम रहने सरकारको भनाइ
New Office

 

काठमाण्डौ ।  सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा तत्काल नहटाउने स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार शिक्षा पत्रकारहरूसँगको छलफलमा आइतबारको बिदा दीर्घकालसम्म कायम रहने बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सातामा दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको भन्दै यसलाई हटाउनेबारे सरकारले तत्काल कुनै सोच नबनाएको बताए।

सरकारले गत चैत २२ गतेदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो।

तर दुईदिने बिदाका कारण विद्यालय तथा क्याम्पसमा पाठ्यक्रम पूरा गर्न समस्या भएको र सरकारी अस्पतालको सेवा प्रभावित हुँदा बिरामीले सास्ती भोग्नुपरेको भन्दै आलोचना भइरहेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.