शुक्रबार, श्रावण ८,२०८३ 06:02:43
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 06:02:43
Bizshala
Global IME Bank Limited

बर्ड फ्लु नियन्त्रणमा पशु सेवा विभागको भूमिकाप्रति नेपाल लेयर्स कुखुरापालक संघको प्रशंसा

बर्ड फ्लु नियन्त्रणमा पशु सेवा विभागको भूमिकाप्रति नेपाल लेयर्स कुखुरापालक संघको प्रशंसा
New Office

काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले हालै देशका विभिन्न स्थानमा देखिएको बर्ड फ्लु नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै पशु सेवा विभागप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै नेपालको पोल्ट्री व्यवसाय कृषि क्षेत्रको एक मात्र आत्मनिर्भर व्यवसायका रूपमा स्थापित हुँदै आएको उल्लेख गरेको छ। व्यवसायको व्यावसायीकरण र आधुनिकीकरणसँगै यस क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान पुर्याउँदै आएको तथा प्रत्यक्ष रूपमा करिब ५ लाख व्यक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएको संघले जनाएको छ।

पोल्ट्री क्षेत्रले आम उपभोक्तालाई सहज रूपमा गुणस्तरीय अण्डा तथा कुखुराको मासु उपलब्ध गराउँदै पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको र राज्यको अर्थतन्त्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको संघको भनाइ छ। हाल नेपालमा पोल्ट्री व्यवसाय क्षेत्रमा करिब १६० अर्ब रुपैयाँ लगानी रहेको उल्लेख गर्दै संघले यो क्षेत्रले विभिन्न चुनौती तथा अवरोधहरूको सामना गर्दै अघि बढिरहेको जनाएको छ।

हालै काठमाण्डौ उपत्यकासहित केही जिल्लामा देखिएको बर्ड फ्लु रोग नियन्त्रणका लागि पशु सेवा विभागका महानिर्देशक, उपमहानिर्देशक, विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू एवं विभिन्न जिल्लाका पशु सेवा प्राविधिक टोलीहरूले अहोरात्र खटिएर पुर्याएको योगदानको संघले उच्च प्रशंसा गरेको छ।

बर्ड फ्लुको प्रकोप नियन्त्रण, आम जनमानसमा सही सूचना प्रवाह, आवश्यक सावधानी तथा प्रभावकारी व्यवस्थापनमार्फत पोल्ट्री क्षेत्रलाई थप क्षति हुनबाट जोगाउन विभागले खेलेको भूमिका महत्वपूर्ण रहेको संघले जनाएको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले पशु सेवा विभागका महानिर्देशकसहित सम्पूर्ण चिकित्सक तथा कर्मचारी टोलीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि पोल्ट्री क्षेत्रको संरक्षण, विकास र स्थायित्वका लागि निरन्तर रचनात्मक सहयोगको अपेक्षा गरिएको बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.