शुक्रबार, श्रावण ८,२०८३ 07:37:19
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:37:19
Bizshala
Global IME Bank Limited

बीमा दाबीमा हुने ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली

बीमा दाबीमा हुने ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने भएको छ ।

प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई बीमितले गरेको दाबीको अवस्थाबारे जानकारी पाउने गरी यस्तो प्रणाली तीन महिनाभित्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि दाबी भुक्तानी हुँदासम्मका प्रत्येक चरणको जानकारी अब डिजिटल रुपमै प्राप्त हुनेछ ।  

बीमा दाबी भुक्तानी प्रक्रियामा देखिने ढिलाइ र झन्झटबारे सर्वसाधारण तथा सरकारी निकायबाट समेत गुनासो आउने गरेको भन्दै प्राधिकरणले सुधारका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।

यो प्रणाली लागू भएपछि बीमितले आफ्नो बीमा दाबी कुन चरणमा पुग्यो र के कारणले दाबी प्रक्रिया अड्किएको छ भन्ने सम्पूर्ण जानकारी वास्तविक समयमै प्राप्त गर्न सक्नेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.