शुक्रबार, श्रावण ८,२०८३ 07:20:43
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:20:43
Bizshala
Global IME Bank Limited

नेप्से हजार अंकले घटेको देखिएपछि हलचल, सिस्टममाथि लगानीकर्ताको आक्रोश

पुरानो साइटमा हुँदैछ मेन्टेनेन्स !

नेप्से हजार अंकले घटेको देखिएपछि हलचल, सिस्टममाथि लगानीकर्ताको आक्रोश
New Office

काठमाण्डौ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टममा प्राविधिक गडबडी देखिएको छ । नियमित कारोबार बन्द भइसकेपछि नेप्से परिसूचक १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १७१७.७९ विन्दुमा कायम भएको देखिएको छ ।  

यसरी अस्वभाविक रुपमा नेप्से घटेको देखिएपछि लगानीकर्ताहरुमा अन्योलतासँगै त्रास सिर्जना भएको छ । शुक्रबारको नियमित कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द भएको थियो ।  

तर, बजार बन्द भएको केही समयमै नेप्सेको वेबसाइट तथा प्रणालीमा परिसूचक १,७१७.७९ बिन्दुमा झरेको देखियो, जुन यो ३७ प्रतिशतको गिरावट हो ।

कारोबार सम्पन्न भइसकेपछि अचानक सूचकमा यस्तो ठूलो गिरावट देखिएपछि धेरै लगानीकर्ताले बजारमा यस्तो घटना सामान्य वा स्वभाविक नरहेको बताएका छन् ।  

बजार एकदिनमै हजार अंकले घटेको देखिएपछि सेयर लगानीकर्ताहरुले नेप्सेका सिंगो सिस्टममाथि नै प्रश्न उठाएका छन् । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेलले नेप्सेको लापारबाहीका कारण सिंगो सिस्टमको नै धज्जी उडेको आरोप लगाएका छन् ।  

‘नेप्सेको यस्तो खालको लापारबाही अहिले मात्रै होइन, पटक–पटक यसरी सिस्टम बिग्रिनु भनेको आम लगानीकर्ताको विश्वासमाथि लेखवाड गर्नु हो’ उनले भने, ‘आज सामान्य अंकले बढेको बजार केही समयपछि एकाएक हजार अंकले घट्नु वा घटेको देखिनुमा लगानीकर्ताले अब नेप्सेलाई कसरी विश्वास गर्ने ? नेपालको पूँजीबजार चलाउने सिस्टम नै ठिक छैन, स्टक एक्सचेञ्जको नै धज्जी उडेको छ र म यो विषयमा घोर भत्सर्ना पनि गर्छु ।’

वेबसाइटमा देखिन थाल्यो मेन्टेनेन्स  

हाल नेप्सेको ‘नेपाल स्टक डटकम डट एनपी’ वाला वेबसाइटमा मेन्टेनेन्स देखाइरहेको छ भने नेप्सेको पुरानो साइट ‘नेपाल स्टक डटकम’ वा वेबसाइटमा विस्तारै मेन्टेनेन्स हुँदै गइरहेको देखाइएको छ ।  

सुरुमा बजार १००० अंकले घटेको देखिएपनि हालसम्ममा बजार मेन्टेनेन्स भई ४९४ अंकले घटेको देखिएको छ । यस विषयमा बुझ्न खोज्दा नेप्सेका प्रवक्ता मुराहरी पराजुली सम्पर्कमा आएनन् ।

यता सेयर लगानीकर्ताहरुले पनि नेप्सेसँग बुझ्न खोज्दा सम्पर्कमा नआएको र नेप्सेले हालसम्म कुनै आधिकारिक सूचना नराखेकोमा आपत्ति जनाएका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.