शुक्रबार, श्रावण ८,२०८३ 03:37:07
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 03:37:07
Bizshala
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तद्वारा भ्रामक सूचना नफैलाउन आग्रह, पुनः बोलाइएको साधारण सभा कानूनअनुसार हुने स्पष्ट

नेरुडे मिर्मिरे लघुवित्तद्वारा भ्रामक सूचना नफैलाउन आग्रह, पुनः बोलाइएको साधारण सभा कानूनअनुसार हुने स्पष्ट
New Office

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभासम्बन्धी विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रसारित टिप्पणी, अभिव्यक्ति र भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ असार ३२ गतेका लागि आह्वान गरिएको १९औँ वार्षिक साधारण सभा गणपूरक संख्या (कोरम) नपुगेका कारण स्थगित भएको थियो। त्यसपछि कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया), नेपाल राष्ट्र बैंकको निर्देशन तथा संस्थाको प्रबन्धपत्र र नियमावलीबमोजिम पुनः साधारण सभा आह्वान गरिएको संस्थाले स्पष्ट पारेको छ।

विज्ञप्तिमा पुनः आह्वान गरिएको साधारण सभा प्रचलित कानून, नियामकीय व्यवस्था तथा संस्थागत प्रावधानको पूर्ण पालना गर्दै सञ्चालन गरिने उल्लेख गरिएको छ।

संस्थाले केही व्यक्ति वा समूहले नियामकीय निकायलाई दिग्भ्रमित पार्ने उद्देश्यले साधारण सभा तथा अन्य प्रक्रियासम्बन्धी अपुष्ट, भ्रामक र एकपक्षीय सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत फैलाएको आरोप लगाएको छ। यस्ता गतिविधिले संस्थाको प्रतिष्ठा, वित्तीय विश्वसनीयता, शेयरधनीको हित तथा वार्षिक साधारण सभाको प्रक्रियामाथि अनावश्यक शंका उत्पन्न गरेको संस्थाको भनाइ छ।

यस्ता गतिविधि कुनै एक संस्थामाथिको आक्रमण मात्र नभई समग्र वित्तीय प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने प्रकृतिको रहेको उल्लेख गर्दै संस्थाले सम्बन्धित नियामकीय निकायबाट सत्यतथ्यका आधारमा आवश्यक कानूनी तथा नियामकीय पहल हुने विश्वास व्यक्त गरेको छ।

साथै, संस्थाले सेयरधनीहरूको अधिकार, समान सहभागिता, सुशासन, पारदर्शिता तथा विधिको शासनप्रति आफू पूर्ण प्रतिबद्ध रहेको दोहोर्याएको छ। अपुष्ट सूचना, अफवाह वा भ्रामक प्रचारप्रसारको पछि नलागी संस्थाबाट आधिकारिक रूपमा प्रकाशित सूचना तथा जानकारीमा मात्र विश्वास गर्न शेयरधनी, ग्राहक, कर्मचारी, नियामकीय निकाय तथा सम्पूर्ण सरोकारवालासँग अनुरोध गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.