शुक्रबार, श्रावण ८,२०८३ 04:41:22
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:41:22
Bizshala
Global IME Bank Limited

बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गर्न हेमन्तप्रकाश ओलीको प्रस्ताव

बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गर्न हेमन्तप्रकाश ओलीको प्रस्ताव
New Office

 

 काठमाण्डौ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले वर्तमान सरकारविरुद्ध देशभक्त तथा वामपन्थी शक्तिहरूले संयुक्त आन्दोलन घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपाल नवउपनिवेशिक अवस्थामा पुगेको दाबी गरे।

ओलीले वर्तमान राजनीतिक व्यवस्थाले राष्ट्रिय स्वाधीनतामाथि चुनौती थपेको आरोप लगाए। विदेशी शक्तिले राज्यका निकायमा प्रभाव बढाउँदै रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई मुखौटाका रूपमा प्रयोग गरेको उनको दाबी थियो।

उनले सबै देशभक्त तथा वामपन्थी शक्तिलाई समेट्ने साझा मञ्च निर्माण गर्नुपर्ने बताए।

वर्तमान सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार गठन गर्ने उद्देश्यसहित राजनीतिक सम्मेलन आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने ओलीको प्रस्ताव छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.