शुक्रबार, श्रावण ८,२०८३ 05:20:52
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 05:20:52
Bizshala
Global IME Bank Limited

काठमाडौंका १,८७१ गुण्डा तथा अपराधीको ‘क्रिमिनल प्रोफाइल’ तयार

काठमाडौंका १,८७१ गुण्डा तथा अपराधीको ‘क्रिमिनल प्रोफाइल’ तयार
New Office

 

काठमाण्डौ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न १ हजार ८७१ जनाको विस्तृत प्रोफाइल तयार पारेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तथा घटनामा संलग्न शंकास्पद व्यक्तिको छिटो पहिचान गर्न यस्तो अभिलेख तयार पारिएको जानकारी दिएको हो।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अभिलेखमा सम्बन्धित व्यक्तिको व्यक्तिगत तथा तीन पुस्ते विवरणसमेत समेटिएको छ। अपराध भएपछि सम्भावित अभियुक्तको पहिचान, खोजी तथा पक्राउ प्रक्रियालाई सहज बनाउन प्रोफाइल उपयोगी हुने प्रहरीको भनाइ छ।

प्रहरीले पटके अपराधी, गुण्डागर्दीमा संलग्न व्यक्ति तथा कसुरको प्रकृतिका आधारमा उनीहरूलाई फरक–फरक वर्गमा राखेर प्रोफाइल तयार गरेको जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.