शुक्रबार, श्रावण ८,२०८३ 09:53:21
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:53:21
Bizshala
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड घाटामा, खुद बीमाशुल्क आर्जनमा पनि गिरावट

नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड घाटामा, खुद बीमाशुल्क आर्जनमा पनि गिरावट
New Office

​काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षको सोही अवधिमा खुद नाफामा रहेको कम्पनी समीक्षा अवधिसम्म आइपुग्दा रु ५ अर्ब ८४ करोड २ लाख घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले रु ५४ करोड ८२ लाख खुद नाफा आर्जन गरेको थियो।

​उच्च दाबी भुक्तानी तथा बीमाशुल्क आर्जनमा आएको गिरावटका कारण कम्पनीको नाफा ऋणात्मक बन्न पुगेको हो। व्यवसायतर्फ कम्पनीको खुद बीमाशुल्क आर्जन १८.०१ प्रतिशतले घट्दै रु ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ ।

​व्यावसायिक आम्दानी र लगानीको प्रतिफलमा आएको गिरावटसँगै कम्पनीको कुल आम्दानी पनि २२.०५ प्रतिशतले घटेर रु ६ अर्ब ६८ करोड १६ लाखमा खुम्चिएको छ, जुन अघिल्लो वर्ष रु ८ अर्ब ५७ करोड १७ लाख रहेको थियो। कुल आम्दानी घट्नु र समग्र नतिजा घाटामा जानुले कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) पनि ४३.४१ रुपैयाँले ऋणात्मक बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी ५.४५ रुपैयाँले धनात्मक रहेको थियो।

यस्तै कम्पनीको खुद दाबी भुक्तानी ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ अर्ब १७ करोड रुपैयाँ रहेको कम्पनीको खुद दाबी भुक्तानी बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च समेत ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी रु १३ अर्ब ४२ करोड २१ लाखमा यथावत छ भने कुल सम्पत्ति गत वर्षको रु ३५ अर्ब ४७ करोडबाट बढेर रु ३९ अर्ब ५३ करोड ५१ लाख पुगेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषको आकार ४२ करोड ७६ लाख र रिटेन्ड अर्निङ ४ अर्ब ९० करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.२० र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९४.५५ रुपैयाँ रहेको छ। कम्पनीको सोल्भेन्सी अनुपात ३.६५ कायम रहेको छ, जुन नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १.५ को सीमाभन्दा माथि छ।

​बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट र अर्थतन्त्रमा देखिएको सुस्तताका कारण लगानी प्रतिफल प्रभावित भएको जनाउँदै कम्पनीले लगानीको विविधीकरण तथा जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने रणनीति बनाएको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.