काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्यमा शुक्रबार उल्लेख्य गिरावट देखिएको छ। यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २.८३ प्रतिशत अर्थात ११७ डलरले घट्दै प्रतिऔंस ४ हजार २८ डलरमा झरेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २.६२ डलरले घटेको छ, जुन ४.३८ प्रतिशतको गिरावट हो।
अमेरिकी डलरको मजबुती, ब्याजदरसम्बन्धी अपेक्षा तथा लगानीकर्ताको जोखिम धारणा परिवर्तन हुँदा सुन र चाँदीजस्ता बहुमूल्य धातुमा बिक्री चाप बढेको जनाइएको छ ।

