शुक्रबार, श्रावण ८,२०८३ 11:39:41
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 11:39:41
Bizshala
Global IME Bank Limited

आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुनसक्ने

आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुनसक्ने
New Office

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमा रहेकाले अधिकांश भू–भागमा बदलीसँगै वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा तराईमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले लगातारको वर्षासँगै पहिरो, बाढी, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.