शुक्रबार, श्रावण ८,२०८३ 12:11:10
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:11:10
Bizshala
Global IME Bank Limited

निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे केन्द्रित भएर छलफल हुने जनाइएको छ।

छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले निर्यात क्षेत्रका समस्या, उत्पादन वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार तथा उद्योग व्यवसायमैत्री वातावरण निर्माणका विषयमा उद्योगी व्यवसायीका सुझाव लिनुहुने बताइएको छ।

यसअघि पनि प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्र सुधार र निजी क्षेत्रको प्रवर्द्धनका लागि उद्योगी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन्। सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै आर्थिक गतिविधिलाई गति दिने उद्देश्यले यस्ता छलफललाई निरन्तरता दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.