काठमाण्डौ । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।
बिपी स्मृति दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगन थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय भएको जानकारी दिएका हुन्।
सभापति थापाका अनुसार यस निर्णयलाई केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गरिनेछ। उनले केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको समेत बताए।
उनले नेता श्रेष्ठ हाल उपचारका क्रममा अस्पतालमा रहेको जानकारी दिँदै आफू अस्पतालमै पुगेर श्रेष्ठलाई वरिष्ठ नेता बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे।

