बिहीबार, श्रावण ७,२०८३ 08:41:34
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:41:35
Bizshala
Global IME Bank Limited

जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता

जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता
New Office

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुबीच कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल–जापानबीचको कृषि साझेदारी, जापानी लगानी, प्रविधि हस्तान्तरण तथा कृषि अनुसन्धानलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री चौधरीले सन् १९५६ मा स्थापना भएको नेपाल–जापान कूटनीतिक सम्बन्धको स्मरण गर्दै दुई देशबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बन्दै गएको बताइन् । यस वर्ष मनाइँदै गरेको दुई देशबीचको सम्बन्धको ७०औँ वर्षगाँठ तथा गत फेब्रुअरीमा भएको सम्माननीय राष्ट्रपतिको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उनको भनाइ थियो।

मन्त्री चौधरीले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै कृषि क्षेत्र, विशेषगरी बागवानी, तरकारी तथा फलफूलको मूल्य शृङ्खला विकासमा जापानी सहयोग महत्वपूर्ण रहेको उल्लेख गरिन् । 

उनले गण्डकी प्रदेशमा सञ्चालित Gandaki SHEP परियोजना तथा कोशी प्रदेशमा सञ्चालित बीउबिजन सुधारसम्बन्धी प्राविधिक सहयोग परियोजनाले नेपालको कृषि प्रणालीमा सकारात्मक प्रभाव पारेको बताउँदै जापान सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) प्रति धन्यवाद व्यक्त गरिन् । 

भेटका क्रममा मन्त्री चौधरीले नेपालमा व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण, आधुनिक दुग्ध प्रशोधन प्लान्ट स्थापना, तरकारी तथा विभिन्न बालीका बीउबिजन उत्पादन, जैविक विषादी तथा मिश्रित रासायनिक मल उत्पादनका क्षेत्रमा जापानी लगानी र प्रविधि आवश्यक रहेको बताइन् । 

उनले यी क्षेत्रमा सहकार्यका लागि जापानी राजदूतबाट विशेष पहलको अपेक्षा समेत व्यक्त गरिन् । 

त्यसैगरी कृषि अनुसन्धान, कृषि अध्ययनरत युवाका लागि Learn and Earn कार्यक्रम, धान खेतीमा यान्त्रीकीकरण तथा Precision Farming जस्ता आधुनिक प्रविधिमा नेपाल–जापान सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले जापानमा तीन लाखभन्दा बढी नेपाली नागरिकको उपस्थिति रहेको उल्लेख गर्दै यसले दुई देशबीचको जनस्तरीय सम्बन्ध अझ बलियो बनाएको बताइन्। उनले राजदूत मायदा तोरुको कार्यकालमा नेपाल–जापानबीच आर्थिक सहकार्य, व्यापार, लगानी तथा कृषि साझेदारी थप विस्तार हुने विश्वास व्यक्त गरिन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.