शुक्रबार, श्रावण ८,२०८३ 11:39:46
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 11:39:46
Bizshala
Global IME Bank Limited

आईसीएफसी फाइनान्सद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह

आईसीएफसी फाइनान्सद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह
New Office

​काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरूले नबुझेकाले यस्तो आग्रह गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले एक सूचना जारी गर्दै लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीहरूलाई कम्पनीको शेयर रजिस्ट्रार, नक्साल स्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो बक्यौता रकम लिन अनुरोध गरेको छ। 

सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र पनि उक्त लाभांश नबुझेमा कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम सो रकम स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ।

लाभांश बुझिलिन बाँकी रहेका सेयरधनीहरूको विवरण आईसीएफसी फाइनान्स तथा ग्लोबल आइएमई क्यापिटलको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।

​यसैगरी, आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्मको नगद लाभांश बैंक खातामा रकमान्तरण हुन नसकेका सेयरधनीहरूले आफ्नो सम्बन्धित निक्षेप सदस्यमा गई बैंक खाता अद्यावधिक गर्नुपर्नेछ। 

भौतिक रूपमा रहेका सेयरहरूलाई पनि यथाशीघ्र अभौतिकीकरण गर्न आग्रह गरिएको छ। हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खाता नम्बर नमिल्दा वा अन्य प्राविधिक कारणले पुनः आईपीएस मार्फत रकम पठाउनु परेमा प्रति सेयरधनी पाँच रुपैयाँ रि प्रोसेस शुल्क लाग्ने जानकारी समेत कम्पनीले दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.