आईसीएफसी फाइनान्सद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरूले नबुझेकाले यस्तो आग्रह गरिएको कम्पनीले जनाएको छ।

