काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न स्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्राप्त गरेको हो ।
राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको रु. १ हजार अंकित दरका ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको हो । कम्पनीको गत साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।
यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।