काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाईन सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, त्रिशक्ति सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेको छ ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, नबिल स्टक डिलर र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ६७ करोड ७४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४०.५७ प्रतिशत सेयर खरिद भएको छ भने ५९.४३ प्रतिशत सेयर बिक्री भएको छ ।


