बुधबार, श्रावण १३,२०८३ 08:08:41
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 08:08:41
Bizshala
Global IME Bank Limited

ट्रम्पको मृत्यु भएको दिन ‘निःशुल्क बियर’ दिने घोषणा गरेको ब्रुअरीको लाइसेन्स रद्द

ट्रम्पको मृत्यु भएको दिन ‘निःशुल्क बियर’ दिने घोषणा गरेको ब्रुअरीको लाइसेन्स रद्द
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सामाजिक सञ्जालमा विभिन्न पोस्ट गर्दै आएको विस्कन्सिनस्थित एक ब्रुअरीको सञ्चालन अनुमति राज्य सरकारले रद्द गरेको छ।

मिनोक्वा ब्रुइङ कम्पनीका सञ्चालक किर्क ब्याङ्स्टाडले राज्यको राजस्व विभागबाट आफ्नो कम्पनीको सञ्चालन अनुमति खारेज गरिएको पत्र प्राप्त गरेको जानकारी दिएका छन्। उनले उक्त निर्णयविरुद्ध अन्तिमसम्म संघर्ष गर्ने  बताएका छन्।

राज्यको राजस्व विभागले दुईवटा मिनोक्वा ब्रुइङ कम्पनी स्थानका लागि ब्रुअर अनुमति र एउटा स्थानका लागि अल्कोहल बेभरेज वेयरहाउस अनुमति रद्द गर्ने सूचना जारी गरेको जनाएको छ। कम्पनीसँग उक्त निर्णयविरुद्ध राजस्व विभागका सचिवसमक्ष अगस्ट ४ सम्म अपिल गर्ने समय दिइएको छ।

मिलवाउकी जर्नल सेन्टिनेलका अनुसार कम्पनीको अनुमति आवश्यक कागजातको अभाव र इलिनोइसबाट ल्याइएको क्यानमा रहेको बियरको कर नतिरेको आरोपका कारण रद्द गरिएको हो। गत जुनमा उक्त बियर कम्पनी परिसरबाट नियन्त्रणमा लिइएको थियो।

तर सञ्चालक ब्याङ्स्टाडले भने करसम्बन्धी आरोपका आधारमा ब्रुअरी बन्द गर्ने निर्णयको विरोध गरेका छन्। उनले कानूनी लडाइँका लागि आर्थिक सहयोग जुटाउन समर्थकहरूसँग अपिलसमेत गरेका छन्।

उनले एक पोस्टमार्फत आफू निर्णय स्वीकार गरेर नबस्ने बताउँदै कानुनी खर्चका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।

ट्रम्पको मृत्युमा निःशुल्क बियर दिने पोस्ट चर्चामा

मिनोक्वा ब्रुइङ कम्पनी यसअघि पनि राजनीतिक अभिव्यक्तिका कारण चर्चामा आएको थियो। गत जनवरीमा कम्पनीको सामाजिक सञ्जाल खाताबाट राष्ट्रपति ट्रम्पको मृत्यु भएको दिन ‘दिनभर निःशुल्क बियर’ उपलब्ध गराउने आशयको पोस्ट गरिएको थियो।

पोस्टमा ट्रम्पको नाम स्पष्ट रूपमा उल्लेख नगरिए पनि धेरै प्रयोगकर्ताले उक्त सन्देश ट्रम्पलाई लक्षित भएको बताएका थिए। कम्पनीले प्रतिक्रियामा यो एक उच्च प्रोफाइल व्यक्तित्व सम्बन्धी रहेको जनाएको थियो।

कम्पनीका सामाजिक सञ्जाल पोस्टहरूमा आप्रवासन नियन्त्रणसम्बन्धी नीतिको विरोध तथा अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन निकायको कोष रोक्न सरकार बन्दको समर्थन गर्ने सामग्रीसमेत देखिएका थिए।

गत अप्रिलमा ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरसम्बन्धी गोलीकाण्डपछि कम्पनीले फेसबुकमा व्यंग्यात्मक पोस्ट गर्दै ‘हामी लगभग फ्रि बियर डे पाउन लागेका थियौं’ भन्ने टिप्पणी गरेको थियो। उक्त पोस्टमा घटनालाई लिएर विवादास्पद टिप्पणी गरिएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.