काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको भाटभटेनीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर। बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्री गर्न लागेको सेयरको संख्या भने खुलाएको छैन ।