काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहतर्फको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयरमा आजदेखि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
सेयर खरिदका लागि योग्य व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ । यसर्थ सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम ५० हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले साउन १८ गतेभित्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

