काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेको प्रभाव नेपाली बजारमा समेत परेको छ । आजको कारोबारमा स्थानीय बजारमा सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सुन १ हजार ६ सय रुपैयाँले सस्तिएको थियो । उक्त दिन एक तोला सुनको कारोबार २ लाख ८७ हजार १ सय रुपैयाँमा भएको थियो ।
आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम भएको छ ।
यो दिन सुनसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४८५ रुपैयाँमा झरेको छ ।
डलर बलियो बन्दा र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने सम्भावना बलियो बनेसँगै आज अन्तर्राष्ट्रि बजार सुनको मूल्य घटेको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ६७ डलरले घट्दै प्रतिऔंस ४ हजार ६३ डलरमा कारोबार भईरहेको छ ।

