शनिबार, श्रावण २,२०८३ 08:31:55
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:31:55
Bizshala
Global IME Bank Limited

नेपालमा ईभी आयात तीव्र वृद्धि, ११ महिनामा २५ अर्बभन्दा बढीको कारोबार

नेपालमा ईभी आयात तीव्र वृद्धि, ११ महिनामा २५ अर्बभन्दा बढीको कारोबार
New Office

काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधन ९ईभी० को आयात तीव्र रूपमा बढ्दै गएको छ।  

चालू आर्थिक वर्षको पहिलो ११ महिनामा मात्र १० हजार ८४५ वटा ईभी भित्रिँदा कुल आयात मूल्य २५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

भन्सार विभागका तथ्याङ्कअनुसार नेपालमा अहिले ५० किलोवाटदेखि २०१ किलोवाट क्षमतासम्मका विभिन्न श्रेणीका विद्युतीय सवारीसाधन आयात भइरहेका छन्।  

पछिल्ला वर्षहरूमा इन्धन खर्च घटाउने, वातावरणमैत्री विकल्प रोज्ने र सरकारी प्रोत्साहनका कारण ईभीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखिन्छ।

तथ्याङ्कअनुसार ५० किलोवाट क्षमताका ३ हजार ६८० वटा विद्युतीय सवारीसाधन आयात भएका छन्, जसको कुल मूल्य करिब ५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

यो खण्ड मुख्यतः साना र शहरी प्रयोगका लागि उपयोग हुने सवारीसँग सम्बन्धित छ।

सबैभन्दा ठूलो हिस्सा भने ५१ देखि १०० किलोवाट क्षमताका ईभीले ओगटेको छ।

यस श्रेणीका ६ हजार ३५७ वटा सवारीसाधन आयात भएका छन्, जसको कुल मूल्य १६ अर्ब ४९ करोड ७९ लाख रुपैयाँभन्दा बढी रहेको विभागले जनाएको छ।

मध्यम क्षमताका यी सवारी नेपाली बजारमा बढी लोकप्रिय देखिएका छन्।

त्यसैगरी १०० किलोवाटभन्दा माथिका उच्च क्षमताका ईभीको आयात पनि उल्लेख्य भएपनि समग्र बजारमा मध्यम क्षमताका सवारी नै प्रमुख हिस्सा बनेका छन्।

ईभी आयातको वृद्धिलाई उपभोक्ताको बदलिँदो जीवनशैली, इन्धनको बढ्दो मूल्य, वातावरणीय चेतना तथा सरकारी नीतिगत सहुलियतले प्रमुख रूपमा प्रभावित गरेको विश्लेषण गरिएको छ।

विद्युतीय सवारीको बजार विस्तारसँगै देशमा चार्जिङ पूर्वाधार, विद्युत् आपूर्ति व्यवस्थापन र सेवा सञ्जाल विस्तारको आवश्यकता पनि बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.