बुधबार, असार १०,२०८३ 12:42:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:42:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको नेतृत्व चयन आज, विद्युतीय मतदानमार्फत प्रतिनिधिले मत हाल्ने

Laxmi Sunrise Bank Limited
रास्वपाको नेतृत्व चयन आज, विद्युतीय मतदानमार्फत प्रतिनिधिले मत हाल्ने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ।

निर्वाचनलाई प्रभावकारी बनाउन ८० वटा विद्युतीय मतदान उपकरण प्रयोग गरिने निर्वाचन आयोगले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएसँगै उनीहरूको नाम र तस्बिर मतदान प्रणालीमा समावेश गरिनेछ।  

त्यसपछि महाधिवेशन प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट आफ्नो मत व्यक्त गर्नेछन्।

निर्वाचन आयोगले दिउँसोदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।  

प्रतिनिधिहरूलाई मतदान प्रणालीबारे जानकारी दिन र परीक्षणका लागि पाँच वटा उपकरण प्रयोग गरी नमुना मतदान गराइनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

महाधिवेशन निर्वाचनमा ४०० भन्दा बढी उम्मेदवारले विभिन्न पदका लागि प्रतिस्पर्धा गरिरहेका छन्।  

क्लस्टरगत प्रतिनिधित्वका कारण मतदाताले विभिन्न समूहमा मतदान गर्नुपर्ने भएकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो हुन सक्ने आयोगको अनुमान छ।

मतदान सम्पन्न भएपछि करिब दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।  

पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुने जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.