काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा बढोत्तरी आएको छ । गत शुृक्रबारको तुलनामा आज सुनको भाउ १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज उपभोक्ताले सुन खरिद गर्न २ लाख ९३ हजार २ सय रुपैयाँ खर्चिनु पर्नेछ । गत शुक्रबार पनि सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ भने २ लाख ५१ हजार ३७० रुपैयाँ कायम भएको छ ।
यो दिन चाँदीको मूल्यपनि तोलामा ५५ रुपैयाँले वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ ।

