Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 04:08:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फलफूल बजारमा विषादीको डर, आँप बेच्न व्यापारीलाई सकस

Laxmi Sunrise Bank Limited
फलफूल बजारमा विषादीको डर, आँप बेच्न व्यापारीलाई सकस
Shivam Cement

-सुजता थापा

 

काठमाण्डौ । गर्मीयामसँगै बजारमा आँप र लिचीको व्यापार बढ्ने अपेक्षा गरिन्छ। तर यस वर्ष भने विषादीको प्रयोगबारे बढ्दो चिन्ता र सामाजिक सञ्जालमा फैलिएका विभिन्न सूचनाले उपभोक्तालाई सतर्क बनाएको छ। फलस्वरूप बजारमा आँपको व्यापार प्रभावित भएको व्यवसायीहरू बताउँछन्। यद्यपि लिचीप्रति उपभोक्ताको आकर्षण भने अझै कायम रहेको देखिएको छ।

अफ–सिजनमै बजारमा ठूलो परिमाणमा आँप र लिची आउन थालेपछि उपभोक्ताले फलफूलको गुणस्तर र विषादीको प्रयोगबारे बढी चासो दिन थालेका छन्। फलफूल किन्न आउने ग्राहकले अहिले ‘यो कहाँको हो?’, ‘विषादी परीक्षण भएको छ कि छैन?’, ‘पाक्न औषधि प्रयोग गरिएको हो कि होइन?’ जस्ता प्रश्न बारम्बार गर्ने गरेको व्यवसायीहरूको अनुभव छ।

Bizshala
New Office
CG Motors

व्यवसायी दुर्गा कार्कीका अनुसार विषादीको त्रासले विशेषगरी आँपको बिक्रीमा असर परेको छ। “गत वर्षको तुलनामा ग्राहकहरू धेरै सचेत भएका छन्। आँप किन्नुअघि धेरै सोधपुछ गर्छन्, कतिपयले त हेरेरै फर्किने गरेका छन्,” उनले भनिन्।

बजारमा बिक्री भइरहेका अधिकांश आँप र लिची कालीमाटी फलफूल तथा तरकारी बजारमार्फत विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने गरेका छन्। व्यवसायी सानु श्रेष्ठका अनुसार उपभोक्ताको बढ्दो चासोका कारण व्यापारीहरूलाई पनि फलफूलको स्रोत र गुणस्तरबारे जानकारी दिनुपर्ने अवस्था आएको छ।

“पहिले ग्राहकले मूल्य मात्र सोध्थे, अहिले फलफूल कहाँ उत्पादन भएको हो, कसरी ल्याइएको हो भन्ने समेत बुझ्न खोज्छन्,” श्रेष्ठले भनिन्। उनका अनुसार आँपको बिक्री केही घटे पनि लिचीको माग भने अझै राम्रो रहेको छ।

उपभोक्ताहरू भने बजारमा पाइने फलफूलको तुलनामा गाउँघरमा उत्पादन भएका स्थानीय तथा जैविक उत्पादनप्रति बढी विश्वास गर्न थालेका छन्। उपभोक्ता प्रेमकुमारी खत्री भन्छिन्, “बजारमा पाइने फलफूलमा कति विषादी छ भन्ने थाहा हुँदैन। गाउँघरबाट आएको फलफूल भए बढी ढुक्क लाग्छ।”

Garima Development Bank
Shivam Cement
Bizshala

विषादीको आशंकाले उपभोक्ताको विश्वास कमजोर बन्दा यसको प्रत्यक्ष असर व्यापारमा परेको व्यवसायी शिवशंकर शाह बताउँछन्। उनका अनुसार उपभोक्ताको मनमा एकपटक शंका उत्पन्न भएपछि बिक्रीमा तत्काल असर देखिने गरेको छ।

फलफूल व्यवसायीहरूका अनुसार अहिले बजारमा आउने अधिकांश आँप भारत तथा नेपालको तराई क्षेत्रबाट भित्रिने गरेका छन्। छिट्टै पाकाउन र लामो दूरीसम्म ढुवानी गर्न कतिपय अवस्थामा रासायनिक पदार्थ प्रयोग हुने आशंका उपभोक्तामा रहँदै आएको छ। यद्यपि त्यसको आधिकारिक पुष्टि भने सम्बन्धित निकायले गर्नुपर्ने उनीहरूको भनाइ छ।

स्वास्थ्य विज्ञहरूका अनुसार अत्यधिक विषादी प्रयोग भएका फलफूलको नियमित सेवनले दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। त्यसैले बजारमा बिक्री हुने फलफूलको नियमित परीक्षण, विषादीको मात्रा सार्वजनिक गर्ने व्यवस्था तथा प्रभावकारी अनुगमन अपरिहार्य रहेको उनीहरू बताउँछन्।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले बजारमा उपलब्ध फलफूल सुरक्षित छन् भन्ने विश्वास दिलाउन सम्बन्धित निकायले परीक्षण र अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ। अन्यथा विषादीको त्रासले उपभोक्ताको विश्वास मात्र होइन, फलफूल व्यवसाय नै प्रभावित हुने चिन्ता बढ्दै गएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.