काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, माछापुच्छ्रे सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ९९ करोड ५८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.७३ प्रतिशत सेयर खरिद भएको छ भने ५२.२७ प्रतिशत सेयर बिक्री भएको छ ।


