मंगलवार, असार १६,२०८३ 09:08:34
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:08:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा

Laxmi Sunrise Bank Limited
ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा

काठमाण्डौ । स्टेट बैंक अफ इण्डिया(एसबीआई)का एकजना बैंक म्यानेजरले ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर ३९ हजार भारुबराबरको कुखुरा खाएको घटना सार्वजनिक भएको छ ।  

यो घटना भारतको छत्तिसगढको हो । छत्तिसगढमा बसोबास गर्ने रुपचन्द्र मनहर नाम गरेका एकजना किसानले कुखुरा व्यवसायलाई विस्तार गर्न बैंकबाट ऋण लिने निधो गरे । यसका लागि उनले छत्तिसगढको मास्तुरी शाखामा रहेको एसबीआई बैंकलाई रोजे । मास्तुरी छत्तिसगढको विशालपुर जिल्लामा पर्छ ।  

उनले बैंकका म्यानेजरबाट १२ लाख भारुबराबरको कर्जा पाउने आश्वासन पाए । तर बैंक म्यानेजरले यसका लागि १० प्रतिशत कमसिन पनि मागेको रुपचन्द्रले बताएका छन् । उनले त्यो १० प्रतिशत कमशिनबराबरको रकम कुखुरा बिक्री गरेर बुझाएको बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यतिले मात्रै नपुगेर बैंक म्यानेजरले ऋण स्वीकृत गर्नका लागि प्रत्येक शनिबार कुखुरा बोकेर आउन समेत भनेको आरोप ती किसानले लगाएका छन् । उनले आफूले उपहारको रुपमा लगेको कुखराको हिसाब गर्दा ३८ हजार ९ सय भारु पुगेको र आफूसँग यसको बिल समेत भएको दाबी गरेका छन् ।  

लामो समय बितिसक्दा पनि कर्जा स्वीकृत हुने छाँटकाट नदेखेपछि र बैंक म्यानेजरको नियममाथि शंका लागेपछि उनले बैंक म्यानेजरविरुद्ध सब डिभिजन म्याजिस्ट्रेटमा मुद्दा दायर गरेका छन् ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले १० प्रतिशत कमिशन र कुखुराको मासुको पैसा समेत फिर्ताको माग गरेका छन् । यदि पैसा फिर्ता नभए उनले आफ्नो ज्यान दिने समेत धम्कि दिएको भारतिय मिडियाले बताएका छन् ।  

यस्तै उनले बैंक अघि बसेर भोक हड्ताल गर्ने धम्कि समेत दिएका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.