निर्माण सामग्री महँगिँदा लागतमा चाप, इँटा र विद्युतीय तारको मूल्य उच्च वृद्धि
काठमाण्डौ । नेपालको निर्माण क्षेत्रमा लागतको दबाब थप बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य सूचकांक’ सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात् माघदेखि चैतसम्म समग्र निर्माण लागत सूचकांक १५७.६ पुगेको छ।यो अघिल्लो त्रैमासको तुलनामा ३.६० प्रतिशतले बढी हो। निर्माण लागत बढ्नुको...

