मंगलवार, असार १६,२०८३ 09:19:25
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:19:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न अल्टिमेटम, भिसा रद्दका साथै भविष्यमा भारत प्रवेश गर्न समेत रोक

Laxmi Sunrise Bank Limited
पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न अल्टिमेटम, भिसा रद्दका साथै भविष्यमा भारत प्रवेश गर्न समेत रोक

काठमाण्डौ । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । भारले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न आदेश दिएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले २३ अप्रिलमा एक पत्रकार सम्मेलन आयोजना गर्दै भारतमा रहेका सबै पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएका हुन् ।  

साथै, पाकिस्तानका लागि जारी गरिएका सबै भिसाहरू रद्द गरिएको छ र पाकिस्तानी नागरिकहरूलाई भविष्यमा भारत प्रवेश गर्न रोक लगाइएको छ ।  

विदेश सचिव मिश्रीले कूटनीतिक सम्बन्धमा थप कटौती गरेर पाकिस्तानी र भारतीय उच्चायोगमा तैनाथ हुनेको संख्या ५५ ​​बाट ३० मा झार्ने बताए ।

New Office
CG Motors
Garima Development Bank

मिश्रीले सार्क भिसा छुट योजना(एसवीईएस)अन्तर्गत पाकिस्तानी नागरिकहरूलाई भारत भ्रमण गर्न अनुमति नदिइने र एसवीईएस भिसा अन्तर्गत भारतमा रहेका कुनै पनि पाकिस्तानी नागरिकलाई भारत छोड्न ४८ घण्टा को अल्टिमेटम दिएका छन् । सीसीएसलाई दिइएको जानकारीमा पहलगाम हमलाको सीमापार सम्बन्धलाई उजागर गरिएको थियो, त्यसपछि पाकिस्तानविरुद्ध कारबाही गर्ने निर्णय गरिएको मिश्रीले बताए।

भारतको यो कदमले भारत पाकिस्तानबीच अवस्थित केही कूटनीतिक संयन्त्रहरू बन्द हुनुका साथै द्विपक्षीय सम्बन्ध न्यूनस्तरमा पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुधबार बसेको भारतको मन्त्रीपरिषद्को बैठकले सिन्धु जल सम्झौता तोड्ने लगाएका विभिन्न पाँच वटा निर्णय समेत गरेको छ । बैठकले भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज गर्ने, अटारी सीमानाका बन्द गर्ने ,भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन दिने, पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय दिने र हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.