शुक्रबार, श्रावण १,२०८३ 11:30:44
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:30:44
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकले आधारदरमै सेयरकर्जा दिने, तीव्र सुधारको रणनीतिमा नयाँ सीईओ

एनआईसी एशिया बैंकले आधारदरमै सेयरकर्जा दिने, तीव्र सुधारको रणनीतिमा नयाँ सीईओ
New Office

काठमाण्डौ । गिरेको साख उठाउने र बुक सुधार्ने अभियानमा रहेको एनआईसी एशिया बैंकले आधारदरमै सेयरधितो कर्जा उपलब्ध गराउने नौलो स्किमको घोषणा गरेको छ।  

प्रमुख कार्यकारी अधिकृतको रुपमा सुजितकुमार शाक्यको प्रवेशसँगै उनले बैंकभित्र सुधार अभियानलाई तीव्र बनाएका छन् । यही क्रममा उनले एनआईसी एशियाको विगतको व्यापारको रणनीति नै परिवर्तन गर्ने घोषणा गरिसकेका छन् । यही क्रममा लगानीकर्ताको विश्वास जित्न, विगतमा गिरेको साख पुनः माथि उठाउन र बैंकलाई वित्तीय रुपमा समेत बलियो बनाउने उद्देश्यका साथ नवीन स्किमहरु ल्याउने योजनाअनुसार सेयरधितो कर्जाको नौलो प्रडक्ट सार्वजनिक भएको हो । 

बैंकका सीईओ शाक्यका अनुसार एनआईसी एशियाले अब बेस रेटमा शून्य प्रिमियम राखेर(अर्थात बेस रेटमै) सेयरधितो कर्जा उपलब्ध हुनेछ ।

शाक्यका अनुसार बैंकसँग कुल ८ अर्ब बराबरको सेयरधितो कर्जा प्रवाहको क्षमता छ । जसमध्ये यसअघि गइसकेकोबाहेक सहजै थप ५ अर्ब सेयरधितो कर्जा उपलब्ध गराउनसक्ने अवस्था छ ।  

सेयरधितो कर्जाबाहेक सीईओ शाक्यले कर्पोरेट बैंकिङलाई पनि प्राथमिकताका साथ अगाडि बढाएका छन् । साना कर्जाहरुमा केन्द्रीत बैंकको रणनीतिलाई बदलेर कर्पोरेटको हिस्सा ३० प्रतिशतसम्म पुर्याउने उनको योजना छ । 

यस्तै, अब एनआईसी एशिया बैंकले इन्फ्रास्टक्चर, हाइड्रो जस्ता राम्रो सम्भावना रहेका क्षेत्रहरुमा समेत आफ्नो विजिनेशलाई केन्द्रीत गर्ने योजना बनाएको शाक्यले बिजशालासँग बताए । 'हामीसँग ३६० वटा शाखा छन् । यी सबै शाखा र हाम्रा सयौं कर्मचारीहरुलाई पुनः उत्साही र गतिशील बनाएर बैंकलाई अगाडि बढाउने मेरो योजना छ ।' संक्षिप्त कुराकानीको क्रममा उनले भनेः 'हामी एनआईसी एशियालाई पहिलाको भन्दा पनि मजबुत अवस्थामा पुर्याउने अठोटका साथ अगाडि बढेका छौं ।' 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.