बिहीबार, बैशाख १७,२०८३ 04:28:03
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 04:28:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

Bizshala
राष्ट्रिय वाणिज्य बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम ९नेपालपे कार्र्ड० को प्रिन्सिपल मेम्बरका लागि सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द« रमन खनाल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

उक्त सम्झौता पश्चात्, एनपीएस–एनसीएसमा बैंकको स्वीच इन्टिग्रेसन सम्पन्न भइसकेपछि आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न तथा नेपालपेको कारोबार एक्सेप्ट गर्न सक्नेछ । हालसम्म एनपीप्एस–एनसीएसमा अन्य ४ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन्, जसमध्ये ५ वटा बैंक वित्तीय संस्थाहरुले लाइभ अपरेसन शुरु गरिसकेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एनसीएचएलले हालै नेपालपे कार्डको व्यवसायिक रोलआउट शुरु गरिसकेको छ र अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ ।

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । 

साथै, रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

CG Motors
Garima Development Bank
IME remit

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । 

उक्त प्रणालीले गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनपीएस–एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले देश भरी रहेका ३१४ वटा शाखा, ७१ विस्तारित काउन्टर तथा ३३२ एटीएम टर्मिनल, २००९ भन्दा बढि पीओएस टर्मिनल तथा ९९ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिईरहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X