शुक्रबार, श्रावण १,२०८३ 01:03:56
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:03:56
Bizshala
Global IME Bank Limited

एनआईसी एशियाको एजीएमबाट ५०% हकप्रद पारित, पूँजी विस्तारको बाटो खुल्यो

एनआईसी एशियाको एजीएमबाट ५०% हकप्रद पारित, पूँजी विस्तारको बाटो खुल्यो
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभाले बैंकको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।

सोमबार काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो। यससँगै बैंकले १०० कित्ता शेयर भएका लगानीकर्तालाई थप ५० कित्ता हकप्रद शेयर खरीद गर्ने अवसर दिने बाटो खुलेको छ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत सभाबाट पारित गरेको जनाएको छ।

बैंकको पूँजी संरचना थप सुदृढ बनाउने उद्देश्यसहित हकप्रद निष्कासनको प्रस्ताव अघि सारिएको हो। हकप्रद शेयर जारी गर्नका लागि अब नेपाल राष्ट्र बैंक तथा धितोपत्र नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्नेछ।

साधारण सभाले सञ्चालक समितिको निर्वाचनसमेत सम्पन्न गरेको छ। संस्थापक शेयरधनी समूहबाट अशोककुमार अग्रवाल, रामचन्द्र संघई र जयन्तकुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनी समूहबाट आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।

बैंकले हालको प्रतिस्पर्धी बैंकिङ वातावरणमा व्यवसाय विस्तार र पूँजी पर्याप्तता सुदृढ बनाउन हकप्रदमार्फत थप पूँजी संकलन गर्ने रणनीति अघि बढाएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.