शुक्रबार, असार १९,२०८३ 01:49:15
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 01:49:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

Laxmi Sunrise Bank Limited
मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 

संस्थाले एफपीओ निष्कासनपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले असार ३२ गते, बिहीबार, बिहान १० बजे कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा साधारण सभा डाकेको छ ।

New Office
CG Motors
Garima Development Bank

सभामा एफपीओ निष्कासन गर्ने र कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी प्रक्रिया अघि बढाउने तथा आवश्यक परे प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू राखिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि संस्थाले असार २३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.