शुक्रबार, असार १९,२०८३ 12:05:43
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 12:05:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?

Laxmi Sunrise Bank Limited
माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असार ३ गतेदेखि असार ८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ ।

क्यापिटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा २८ लाख ६२ हजार ९०९ आवेदकबाट ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यसमध्ये ३ करोड १ लाख १९ हजार ८८० कित्ता सेयर खरिदका लागि परेको २८ लाख १५ हजार ६७९ आवेदन सदर भएको छ ।

New Office
CG Motors
Garima Development Bank

कुल सदर आवेदकमध्ये १ लाख ४२ हजार ७६० जनालाई १० कित्ताका दरले १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.