काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि घोषणा गरेको ४.२८५७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४४.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि भने कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६३.९० रुपैयाँ कायम थियो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ४.२८५७ प्रतिशत बोनस सेयर र ०.२२५६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । कम्पनीले यही असार ३१ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि २ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ ।
उक्त सभाबाट पारित भएसँगै उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

