युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७% बोनस सेयर पारित
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा बुधबार काठमाण्डौको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत गरिएका सबै...

