मंगलवार, श्रावण ५,२०८३ 07:53:16
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:53:16
Bizshala
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको ७० हजार कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा

यूनाइटेड अजोड इन्स्योरेन्सको ७० हजार कित्ता अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा
New Office

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १००ः१० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको कुल ७० हजार ४८० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

जसमा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयहरुः विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ८ गते रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.