सोमबार, श्रावण ११,२०८३ 05:56:28
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 05:56:28
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्शद्वारा सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्शद्वारा सम्मानित
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन चेम्बर अफ कमर्शद्वारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले Best Bank in MSME Acceleration, Best Performance on Asset Quality, Best Performance on ProfitabilityBest Commercial Bank बिधामा उक्त सम्मान प्राप्त गरेको हो । 

भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द तथा बित्त तथा योजना बिभाग प्रमुख श्री नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए ।

यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रबर्दनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।

यस अवसरमा निरन्तर विश्वासका साथ सहकार्य गर्ने सेयरधनी तथा ग्राहकहरूमा बैंकले आभार व्यक्त गरेको छ । 

साथै, बैंकको उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । 

यसले बैंकलाई सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने प्रेरित गरेको बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.