काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको कुल ७० हजार ४८० कित्ता सेयर असार १६ गते बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले असार ११ गते गोप्य शिलबन्दी खोली र आवश्यक रुजु गरी प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियम,निर्देशिकाको अधिनमा रहि उक्त सेयर बाँडफाँड गरेको जनाएको छ । कुल सेयर संख्यामा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको थियो ।
बाँडफाँडको अन्तिम मूल्य ४४७.५० रुपैयाँ निर्धारण भएको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी असार १८ गतेबाट हुनेछ ।

