काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत चैत २६ गतेदेखि २०८३ वैशाख ३१ गतेसम्म जारी गरेको हकप्रद जेठ १९ गते बाँडफाँड गरेको हो ।
कम्पनीले २०८२ फागुन १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको १००ः१० अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गरेको थियो ।
उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने सेयरधनीहरुलाई २२ लाख ३९ हजार ५२० कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
यसरी कम्पनीको ७० हजार ४८० कित्ता हकप्रद भने बिक्री हुन सकेन । कम्पनीले उक्त अवितरित हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।

