काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आह्वानमा आज अर्थ मन्त्रालयमा ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना हुने भएको छ।
अर्थमन्त्रीको सचिवालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका झन्डै तीन दर्जन उद्योगपतिहरूसँग बजेट कार्यान्वयनका विषयमा छलफल गरिनेछ।
कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेसँगै अर्थसचिव डा। घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको सहभागिता रहने जनाइएको छ।
छलफल आज अपराह्न ३ बजेदेखि अर्थ मन्त्रालयमा सुरु हुने सचिवालयले जनाएको छ।

