सोमबार, असार २२,२०८३ 08:37:12
Bizshala
  • सोमबार, असार २२,२०८३ 08:37:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको विधानमा नयाँ व्यवस्था: सभापतिको निर्देशन नमान्ने संसदीय दलका नेता पदमुक्त हुनसक्ने

Laxmi Sunrise Bank Limited
रास्वपाको विधानमा नयाँ व्यवस्था: सभापतिको निर्देशन नमान्ने संसदीय दलका नेता पदमुक्त हुनसक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको नीतिगत निर्देशन अवज्ञा गरे संसदीय दलका नेता पदमुक्त हुनसक्ने व्यवस्था गरिएको छ।

विधानमा पार्टी सभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत ‘संसदीय दलसँग समन्वय’ गर्ने विषयलाई वैचारिक तथा राजनीतिक नेतृत्वको दायराभित्र राखिएको छ। रास्वपाको संसदीय दलका नेतामा हाल प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन्।

New Office
CG Motors
Garima Development Bank

संशोधित विधानअनुसार पार्टी सभापति संसदीय दलको नेता नभएको अवस्थामा पनि संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोण प्रभावकारी रूपमा प्रतिनिधित्व तथा कार्यान्वयन गराउन संसदीय दललाई आवश्यक मार्गनिर्देशन दिन सक्नेछन्।

विधानमा सभापतिले दिएको मार्गनिर्देशन पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सांसदहरूको अनिवार्य कर्तव्य हुने स्पष्ट व्यवस्था गरिएको छ। यसअनुसार सभापति रवि लामिछानेले दिएको नीतिगत निर्देशन संसदीय दलका नेता, सांसद तथा संसदीय दलले पालना गर्नुपर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विधानको दफा ६८ (१–ङ) मा सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरे संसदीय दलका नेतालाई पदमुक्त गर्न सकिने व्यवस्था राखिएको छ। उक्त प्रावधानमा विधानको ११ (क) को उपदफा ३ अनुसार पार्टी सभापतिले दिएको निर्देशन उल्लंघन गरे पदमुक्त गर्न सकिने उल्लेख छ।

यस व्यवस्थाले रास्वपाभित्र पार्टी सभापति र संसदीय दलबीचको शक्ति–सन्तुलनमा सभापतिको भूमिका थप बलियो बनाएको देखिन्छ। संसदीय दलले संसदमा लिने नीति, दृष्टिकोण र निर्णयमा अब सभापतिको निर्देशन निर्णायक बन्ने संकेत विधानले दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.