सोमबार, असार २२,२०८३ 10:13:49
Bizshala
  • सोमबार, असार २२,२०८३ 10:13:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारी जग्गामा बनेका ट्रेड युनियनका भवन खाली गर्न तीनदिने अल्टिमेटम

Laxmi Sunrise Bank Limited
सरकारी जग्गामा बनेका ट्रेड युनियनका भवन खाली गर्न तीनदिने अल्टिमेटम

काठमाण्डौ । सरकारले सरकारी जग्गा ओगटेर निर्माण गरिएका निजामती कर्मचारी ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन खाली गर्न तीन दिनको समयसीमा दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका भवन, संरचना तथा सम्पत्ति तोकिएको समयभित्र खाली गर्न सम्बन्धित संगठनहरूलाई निर्देशन दिएको हो।

New Office
CG Motors
Garima Development Bank

मन्त्रालयका अनुसार सरकारले निजामती कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेसँगै साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका संगठनहरूले सरकारी जग्गा प्रयोग गरी बनाएका भवन तथा संरचना प्रयोग गर्ने कानुनी आधार समाप्त भएको छ।

यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित ट्रेड युनियनहरूको दर्ता खारेज भइसकेको र श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र सम्बन्धित भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात, सम्पत्ति विवरण र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन भनेको छ।

तोकिएको समयभित्र भवन तथा संरचना खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत मन्त्रालयले दिएको छ। मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयको रोहबरमा सम्बन्धित संगठनका भवनहरूमा सूचना टाँससमेत गरिएको छ।

सूचनामा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायतका संगठनले प्रयोग गर्दै आएका संरचना खाली गर्नुपर्ने उल्लेख छ।

सरकारको पछिल्लो कदमलाई सरकारी सम्पत्तिको संरक्षण तथा अनधिकृत प्रयोग नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.