शुक्रबार, आश्विन १७,२०८२ 03:38:14
IME remit
  • शुक्रबार, आश्विन १७,२०८२ 03:38:14
IME remit
Global IME Bank Limited

दशैंको दक्षिणाबाट सुरु गरिएको लगानी बन्नसक्छ करोडको सम्पत्ति, कसरी ?

Hyundai Nepal
दशैंको दक्षिणाबाट सुरु गरिएको लगानी बन्नसक्छ करोडको सम्पत्ति, कसरी ?
Shivam Cement

काठमाण्डौ । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै आएको छ । विशेषगरी दशैं पर्वलाई ठूलाहरुको आशिष लिने र आफन्तसँग समय बिताउने पर्वको रुपमा लिइन्छ ।  

विशेषताले भरिपूर्ण दशैंमा विशेषगरी आफुभन्दा ठूलाको हातबाट टिका थापेर आशिष लिने गरिन्छ । टिका जमरा ग्रहणपश्चात् परम्पराबमोजिम दक्षिणा समेत दिइने गरिन्छ ।  

तर यसरी दशैंमा प्राप्त भएको दक्षिणालाई हामी फजुल खर्चमा प्रयोग गरिरहेका हुन्छौं । आफुभन्दा ठूलाबडाहरुको हातबाट आशिष लिएर हामीले दक्षिणा वापत कम्तिमा पनि १०–१५ हजार रुपैयाँ जम्मा गरेका हुन्छौं । तर यस्तो रकम फजुल कुरामा खर्च गर्नुभन्दा कतै लगानी गरेमा उच्च रिटर्न पाउन सकिनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 थोरै–थोरै रकम बचत गर्न वा लगानी गर्न प्रोत्साहन गर्नका लागि सञ्चालित मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजना सञ्चालन गर्दै आइरहेका छन् ।  

विशेषगरी साना लगानीकर्तालाई मध्यनजर गर्दै क्यापिटलहरुले बजारमा एसआइपी योजना ल्याएका हुन् । लामो समयको लागि लगानी गर्न चाहानेहरुका लागि एसआइपी योजना लाभदायी हुन सक्छ । आफ्नो लगानी स्थिर राख्न र निरन्तर प्रतिफल प्राप्त गर्न एसआइपीमा लगानी गर्न उचित हुनसक्छ । अर्थात् बचतसँगै लगानीको विकास गर्न एसआइपी योजना नै सबैभन्दा उचित माध्यम हो ।

सामान्यतया कम्तिमा आम्दानीको २० प्रतिशत बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर जसको तलब पहिले नै थोरै छ र काँधमा समेत ठूलो जिम्मेवारी छ, उनीहरुलाई कति खर्च गर्ने र कति बचत गर्ने कुराको अन्यौलता हुन सक्छ ।  

विज्ञहरुका अनुसार अब बचतले मात्रै तपाईको सम्पत्ति तथा रकमलाई बलियो बनाउँदैन । बचतसँगै आम्दानीको केही प्रतिशत रकम भएपनि लगानी तर्फ लैजानुपर्नेमा विज्ञहरु तर्क गर्छन् । यदि लामो समयसम्म निरन्तर बचत र लगानी गरिरहनु हुन्छ भने तपाईले बचतबाट पनि ठूलो पैसा कमाउन सक्नुहुन्छ ।

बजारमा अहिले मर्चेण्ट बैंकरहरुले १ हजार रुपैयाँ समेत बचत तथा लगानी गर्न सकिने सिस्टम ल्याएको छ । सबैको आम्दानी एकै प्रकारको नहुने भएकाले आम्दानी अनुसारको रकम बचत तथा लगानी गर्न उचित माध्यम भनेको नै सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) हो ।  

मानौं तपाईको मासिक आम्दानी ३० हजार रुपैयाँ छ भने आम्दानीको १० प्रतिशत रकम अर्थात् ३ हजार रुपैयाँ एसआईपीमा मासिक रुपमा बचत तथा लगानी गर्नुहुन्छ, भने ३० वर्षपछि औषतमा १२ प्रतिशतले कम्तिमा १ करोड ५ लाख ८९ हजार रुपैयाँ प्रतिफल प्राप्त हुन जान्छ ।  

नेपाली पुँजी बजारमा केही समयअघि मात्रै आएको यो योजना भविष्यका लागि समेत लगानी गर्न चाहाने सबै लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको मर्चेन्ट बैंकरहरुको भनाई छ ।  

अहिले क्यापिटल तथा मर्चेन्ट बैंकरहरुले एसआइपी योजना सुविधा दिदै आइरहेका छन् । एसआइपीमा लगानी गर्दा स्टक मार्केटमा सेयरभाउ घटेजस्तो जोखिम नहुने रआफुले इन्भेष्ट गरेको रकम प्रतिफलसहित रिटर्न पाउने ग्यारेन्टी समेत भएको हुँदा एसआइपी प्लानमा लगानीकर्ताको आकर्षण देखिन्छ ।  

मर्चेन्ट बैंकरहरुले लगानीकर्ताबाट मासिक रुपमा थोरै–थोरै रकम संकलन गरेर त्यहि रकम म्युचुअल फण्डको इकाईमा लगानी गर्दछन् । जसमा लगानीकर्ताले लगानी गरेवापत बराबरको फण्डको इकाई प्राप्त गर्दछन् । आफुले लगानी गरेको रकम बराबरको फण्डको इकाई र फण्डको न्याभ अनुसार वार्षिक रुपमा प्रतिफल पनि पाइने ग्यारेन्टी भएकाले लगानीको आधारमा यो दोहोरो फाइदाजनक छ ।  

एसआईपीमा लगानी गर्दा म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) अनुसार प्रतिफल पाइने हुँदा जोखिम नरहने मर्चेन्ट बैंकरहरु बताउँछन् । यदि तपाईले मासिक ३ हजार रुपैयाँका दरले एसआईपीमा लगानी गर्नुभएको छ भने तपाईको पोर्टफोलियोमा सो रकम बराबरको उक्त फण्डको इकाई देखिन्छ । न्याभ जति–जति बढ्दै जान्छ, सम्बन्धीत कम्पनीले स्वतः फण्डको इकाई समेत बढाउँदै लान्छ, तर न्याभ घट्दैमा आफ्नो लगानी घट्ने भन्ने चाँहि एसआइपी प्लानमा हुँदैन ।

जसरी म्युचुअल फण्डले वर्षेनि दिने लाभांश रकम लगानीकर्ताले सोझै प्राप्त गर्छन् त्यसरी नै एसआइपीमा लगानी गर्दा पनि लगानीकर्ताले सोझै लाभांश प्राप्त गर्न सक्छन् । साथै लाभांशको रुपमा पाउने रकम बराबरको पुनः एसआइपीमा नै लगानी गर्न पनि सकिने सुविधा एसआइपी प्लानमा रहेको छ ।  

एसआईपी योजनामा दुईवटा विकल्प हुन्छन्, लाभांश र पुनः लगानी । लगानीकर्ताले लाभांश रकम वर्षेनि आफ्नो खातामा प्राप्त गर्न पनि सक्नेछन् भने लाभांश रकम बराबर पुनः एसआइपीमा नै लगानी गर्न पनि सक्नेछन् ।

एनआइसी एशिया क्यापिटल लिमिटेडका सीओओ प्रज्ञ रत्न शाक्यले दशैंमा पाएको दक्षिणा रकम जम्मा गरेर एसआइपीमा लगानी गर्दा बैंकमा राखे भन्दा बढी प्रतिफल पाउने बताउँछन् । 

‘एसआइपीमा न्यूनतम हजार रुपैयाँबाट लगानी गर्न सकिनेछ, दशैंमा टिका लगाएर पाएको दक्षिणा रकम जम्मा गरेर एसआइपी गर्न सुरु गरिहाल्नुस केही वर्षमा तपाईको लगानीले उच्च प्रतिफल दिनेछ’ उनले भने, ‘बैंकहरुको ब्याजदर घट्दो अवस्थामा छ, अहिले बैंकमा बचत गरेर मात्रै राख्नु भन्दा यस्तो सेक्टरमा लगानी गर्दा तपाईको रकम सुरक्षितसँगै प्रतिफलयुक्त हुन्छ ।’

साथै एनआइएमबी एस क्यापिटल लिमिटेडका डेपुटी सीइओ सचिन्द्र ढुंगानाले पनि दशैंमा टिका लगाएर पाएको दक्षिणा फजुल खर्च नगरी एसआइपीमा लगानी गर्न सुझाव दिन्छन् ।  

‘नेपाल जस्तो देश पूर्ण रुपमा लगानीमैत्री त बनिसकेको छैन, तर पछिल्लो समय हेर्दा एसआइपीमा लगानी गर्नेहरुको संख्या बढ्दो छ, एसआइपीमा लगानी गर्दा आफ्नो लगानी सुरक्षित त हुन्छ नै साथै रिटर्न पाउने ग्यारेन्टी समेत हुन्छ’ उनले भने, ‘थोरै–थोरै रकम जम्मा गरेर बचत गर्ने र लगानी गर्ने बानीको विकास गरिनुपर्दछ । लगानी गरेपछि तत्कालै रिटर्नको आशा राख्नु पनि हुँदैन । एसआइपीमा लगानी गरेपछि केही वर्षमा रिटर्न अवश्य पाइनेछ ।’

के हो एसआईपी ?

‘एसआईपी’ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानको सर्ट फर्म हो । यो एक व्यवस्थित लगानी योजना हो । एसआईपी प्लान खुलामुखी म्युचुअल फण्ड संचालन गरेका मर्चेण्ट बैंकहरुले संचालन गर्ने एक योजना हो ।  

सुन्दा नयाँ लागेपनि एसआईपी भनेको खुलामुखी म्युचुअल फण्डभित्रकै एउटा स्किम वा फिचर्स हो । मर्चेण्ट बैंकका अनुसार धितोपत्र दोस्रो बजारबाट म्युचुअल फण्ड खरिद गर्नु र एसआइपीबाट फण्डमा लगानी गर्नु फरक पर्दछ । सेयरबजारबाट फण्ड खरिद गर्दा फण्डको बजार मूल्यको आधारमा प्रतिफल वा प्रफिट पाउने वा नपाउने गणना हुन्छ भने एसआइपीबाट म्युचुल फण्डमा लगानी गर्दा फण्डको इकाई मूल्यबाट प्रतिफल निर्धारण हुन जान्छ ।  

दोस्रो बजारबाट भन्दा म्युचुअल फण्डमा एसआइपीबाट लगानी गर्दा आफ्नो लगानीको जोखिम न्यून हुने विज्ञहरु बताउँछन् ।  

साथै एसआइपीले लगानीकर्तालाई थोरै लगानीबाट नियमित रुपमा बचत गर्न समेत सिकाउँछ । खुलामुखी म्युचुअल फण्ड संचालन गरेका मर्चेण्ट बैंकहरुले सर्वसाधारणबाट थोरै–थोरै लगानी गराई गरी सो रकम सूचीकृत सेयरमा लगानी गरेका हुन्छन् ।  

के छ यसको फाईदा ?

एसआइपीबाट सर्वप्रथम त बचत तथा लगानी गर्ने बानीको विकास हुन्छ । स–सानो रकम फजुल खर्च गर्नुभन्दा लगानी गर्नमा प्रेरित हुन्छ । लगानीकर्ताले एसआइपीबाट जम्मा भएको रकम एकैपटक १०–१५ वर्षपछि वा मासिक रुपमा पनि आफुलाई चाहिएजति समेत निकाल्न सक्नेछन् ।  

साथै एसआइपीले लगानीकर्तालाई एकैपटक ठूलो रकम जम्मा गर्नुको सट्टा लामो अवधिमा सानो रकम लगानी गर्ने मौका दिनेछ । यदि एक व्यक्तिले मासिक ३ हजार रुपैयाँका दरले एसआइपीमा लगानी गरेको छ, भने सोही व्यक्तिले आफ्नो आम्दानीअनुसार लगानीको दायरा घटबढ समेत गर्न सक्नेछ ।  

बैंकमा मासिक रुपमा २–३ हजार रुपैयाँका दरले बचत गर्नुभन्दा एसआइपीमा लगानी गर्दा अधिकतम प्रतिफल आउने क्यापिटलले जनाएको छ । एसआईपीमा लगानी गर्दा सोही रकम मर्चेण्ट बैंकहरुले खुलामुखी म्युचुअल फण्डमा लगानी गर्दछन् र वर्षेनि नगद लाभांश वितरण गर्दछ ।  

एसआईपीमा लगानी गर्ने प्रक्रिया  

एसआईपीमा लगानी गर्न चाहाने लगानीकर्ताहरुले यो योजना सुरु गर्नका लागि मर्चेन्ट बैंकमा गई फाराम भर्न सक्नेछन् । साथै एसआईपी योजना ल्याएका मर्चेण्ट बैंकको वेबसाइटमा गई अनलाइन फाराम समेत भर्न सकिने व्यवस्था रहेको छ ।  

उक्त फाराममा डिम्याट खाताकै विवरण, बैंकको विवरण र मासिक वा त्रैमासिक रुपमा कति रकम बराबरको एसआइपी गर्ने हो उल्लेख गर्नुपर्नेछ ।  

हाल यो सेवा एनआइसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट्स, एनआइबिएल एस क्यापिटल लगायत केही मर्चेण्ट बैंकहरुले मात्रै दिइरहेका छन् ।  

एसआईपीमा लगानी गर्दा कुनै शुल्क तिर्नुपर्दैन । फाराम भर्दा लगानी रकम र महिनाको कति गते लगानी रकम भुक्तानि गर्ने खुलाउनुपर्नेछ । साथै बन्दमुखी र खुलामुखी दुबैको सेवा लिन सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार लगानी गर्नुअघि निश्चित अवधिसम्म लगानी गर्ने र अनिश्चित समयसम्म लगानी गर्न भन्ने खुलाउन सकिनेछ ।  

साथै मासिक रुपमा लगानी गर्ने रकम क्यापिटलका विभिन्न शाखामा गई वा सोझै कनेक्ट आइपीएस, ई–सेवा, खल्तीमार्फत समेत भुक्तानी गर्न सकिने व्यवस्था छ ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.