काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
वर्षासँगै पहिरोको जोखिम पनि बढ्ने भएकाले विभागले विशेषगरी राति यात्रा नगर्न चेतावनी दिएको छ। सडक विभागले पनि यही सुझाव दोहोर्याउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिधार्य कार्यका लागि तयार रहन निर्देशन दिएको छ।
अधिकारिहरूले विशेषगरी निम्न सडकमार्गमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरेका छन्:
-नागढुङ्गा–मुग्लिन
-मुग्लिन–नारायणगढ
-बिपी राजमार्ग
-कान्ति लोकपथ
-त्रिभुवन राजपथ
-दाउन्ने सडक
विभागले नागरिकहरूलाई आफ्ना सुरक्षा उपायहरू अपनाउन र सम्भावित जोखिमबाट जोगिन सतर्क रहन जोड दिएको छ।