काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी बढोत्तरी भइरहेको छ ।
सुनको मूल्य बढेर प्रति औंस ३ हजार ८६४.५७ डलरको उचाईमा पुगेको हो ।
आज मात्रै सुनको मूल्य प्रति औंस करिब २१ डलरले बढेको अन्तराष्ट्रिय मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
अझ तीन दिनअघि सुनको मूल्य प्रति औंस बढेर ३८९३ डलरको उचाईमा पुगेको थियो । पाँच दिनअघि सुनको मूल्य प्रति औंस ३८०० डलर हाराहारी मात्र थियो ।
एकहप्ताअघि चाहिँ सुनको मूल्य प्रति औंस ३७३४ डलरमा सीमित थियो ।
यसरी हेर्दा एक हप्ताको अवधिमा सुनको मूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको छ ।
नेपालमा पछिल्लो समय सुनको मूल्य प्रतितोला २ लाख २३ हजारभन्दा केही बढी थियो । अन्तराष्ट्रिय बजारमा मूल्य बढेका कारण अब दशैंविदापछि बजार खुल्दा घरेलु बजारमा सुन प्रतितोला २ लाख ३० हजारसम्म पुग्नसक्ने सम्भावना देखिएको छ।