TRENDING
काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा
- NEWS
- बुधबार, चैत्र २७,२०८१ 08:48:44

काठमाण्डौ । काठमाण्डौ वायु प्रदुषण मापनमा विश्वकै शीर्ष स्थानमा यथावत रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहानसम्मको आँकडाअनुसार काठमाण्डौ २५० एक्यूआई वायु गुणस्तरका साथ सूचीको पहिलो स्थानमा रहेको छ ।
सूचीको दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा चीनको वुहान, चौथो स्थानमा युगान्डाको काम्पाला र पाँचौ स्थानमा पाकिस्तानको लाहोर रहेको छ ।
लामो समयदेखि वर्षा नहुँदा आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवा काठमाण्डौको वायुमण्डलमा थुप्रिएको छ ।
जसका कारण वायुको गुणस्तर खस्किदै गईरहेको छ । काठमाण्डौको वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा अस्वस्थकर रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।