आईपीओ क्रेजको लहरमा सिटिजन्स बैंक : २.५ लाखभन्दा बढी डिम्याट, मोबाइलबाटै आईपीओ आवेदन
काठमाण्डौ । नेपालमा पछिल्ला केही वर्षयता देखिएको आईपीओ क्रेजले बैंकिङ सेवा र पूँजीबजारको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। लाखौं सर्वसाधारण प्राथमिक सेयर (आईपीओ) मा सहभागी हुन थालेपछि डिम्याट खाता, मेरो सेयर र सी–आस्वा सेवाको माग पनि तीव्र गतिमा बढिरहेको छ।यही बढ्दो डिजिटल लगानी संस्कृतिको केन्द्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड पनि देखिएको छ। बैंकका अनुसार...

